कोरोना भाइरस संक्रमण रोक्न युरोपेली यूनियनका नेताहरुबीच भिडियो कन्फरेन्स हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरस संक्रमण रोक्न युरोपेली यूनियनका नेताहरुबीच भिडियो कन्फरेन्स हुने

video chat

एजेन्सी ४ चैत । यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

कोरोना भाइरस संक्रमण थप फैलिनबाट रोक्ने र संक्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यकाले भिडियो कन्फरेन्स गर्न लागिएको हो । यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस संक्रमण र औषधीबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने संभावित नतिजालाई सिमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले अहिले यूरोपलाई कोरोना भाइरसको संक्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका नेताहरूबीच यस्तै सम्मेलन आइतबार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);