इजरायलमा पाँच महिनामा दोस्रोपटक आमनिर्वाचनका लागि मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इजरायलमा पाँच महिनामा दोस्रोपटक आमनिर्वाचनका लागि मतदान

Israelis election

एजेन्सी, ३१ भदौ । इजरायलमा संसदका लागि मंगलबार मतदान भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा १ वर्षभित्रै दोस्रो पटक संसदका लागि आमनिर्वाचन भएको हो ।

विपक्षीले नेतान्याहुलाई भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिएका आरोप लगाउदै आएका छन् । निर्वाचनमा नेतान्याहुले आफनो पार्टी फेरि पनि विजयी हुने विश्वास गरेका छन् । तर, मत सर्वेक्षणले उनको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कम देखाएका छन् ।

चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको ब्लु एन्ड ह्वाइट पार्टी प्रतिस्पधार्मा छन् । यसअघि गत अप्रिलमा संसदका लागि आमनिर्वाचन भएको थियो ।

उक्त चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बन्न सफल भएपनि पूर्ण बहुमत भने हासिल गर्न सकेको थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);