अफगानिस्तानमा भएको बिष्फोटनमा २४ को मृत्यु, ३१ घाईते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अफगानिस्तानमा भएको बिष्फोटनमा २४ को मृत्यु, ३१ घाईते

काठमाडौं, ३१ भदौ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्‍याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ ।

अफगानिस्तानको परवान प्रान्तको चारिकर शहरमा चुनावी र्यालीलाई लक्षित गरेर विष्फोट गराइएको हो । विष्फोटमा अन्य ३१ जना घाइते भएका जनाइएको छ ।

विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रहेको अफगानिस्तानका सुरक्षा अधिकारीले जनाएका छन् । मारिनेमा महिला तथा बालबालिका समेत रहेका बताइएको छ । सुरक्षा अधिकारीले विष्फोटन आत्मघाती प्रकृतिको रहेको जनाएका छन् ।

अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अर्काे हप्ताको शनिबार हुन लागेको चुनावमा सहभागी नहुने र निर्वाचन हुनै नदिने भन्दै चुनावी कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);