संसद्, विद्यालय र सार्वजनिक यातायातमा रोक लगाउन सासंदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

संसद्, विद्यालय र सार्वजनिक यातायातमा रोक लगाउन सासंदको माग

sanghiya samsadh

काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई महामारी घोषणा गरिसकेकाले संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

यसैगरी सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामबहादुर विष्टले विश्व स्वाथ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेको भनेको स्मरण गराउदै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले कोरोना भाईरसलाई ध्यानमा राखेर संसद्, विद्यालय र सार्वजनिक यातायातमा रोक लगाउन समेत आग्रह गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);