कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसुचीबाट हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसुचीबाट हटाइयो

kalapani-sankalpa prastab

काठमाडौं, २९ फागुन । प्रतिनिधि सभाको आजको बैठकमा कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय कार्यसुचीबाट हटाइएको छ ।

नेपाल–भारत सीमा समस्या समाधानका लागि कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो । तर, संसद सचिवालयले प्रतिनिधिसभाको आजको बैठक शुरु हुनु केही बेर अघि कार्यसूचीबाट उक्त विषय हटाएको हो ।

सत्तारूढ नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको थियो । अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहे पनि समय अभावका कारण आजका लागि सारिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);