कालापानीबाट भारतीय सेना हटाउन संसदमा संकल्प प्रस्ताव पेश गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कालापानीबाट भारतीय सेना हटाउन संसदमा संकल्प प्रस्ताव पेश गर्ने तयारी

sadan

काठमाडौं, २३ फागुन । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउने सम्बन्धी संकल्प प्रस्ताव प्रतिनिधि सभामा पेश गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभा बैठकको आजको कार्यसूचीमा यो विषय समावेश भए पनि समय अभावले पेश हुन सकेन ।

अब बस्ने बैठकमा यो संकल्प प्रस्ताव पेश गरेर पारित गर्ने तयारी भएको यसका प्रस्तावक नेकपाका सांसद खगराज अधिकारीले जानकारी दिनु भयो ।

कार्यसूची अनुसार शुक्रबारको प्रतिनिधि सभा बैठकमा यो प्रस्ताव पेश गर्ने कार्यसूची थियो । तर समय अभाव भन्दै सभामुखले अर्काे बैठकमा पेश गर्ने जानकारी दिनु भयो ।

संकल्प प्रस्ताव नेकपाकै सांसदले पेश गर्ने तयारी छ । भारतीय सेना नेपाली भुमिबाट हटाउनका लागि संकल्प प्रस्ताब पेश गर्न लागिएको नेकपा नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले जानकारी दिनु भयो ।

हुनत, सरकारले नेपाली भुमि फिर्ताका लागि भारत सरकारसँग पटक पटक वार्ता गर्नका लागि पत्र पठाएको छ । तर भारतीय पक्षले बेवास्ता गर्दै आएको छ ।

भारतीय पक्षले बेवास्ता गरिरहेको बेलामा सांसदहरुबाट भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्न लागिएकोमा सर्वसाधारण उत्साहित भएका छन् ।

नेपालले सिमा विवाद सुल्ट्याउनका लागि भारतसँग पहल गरिरहेको धेरै दिन भइसक्दा पनि केहि उपलब्धि हासिल हुन सकेको छैन । नेपाली भुमि फिर्ता गराउनकै लागि नेपाल सरकारले सर्वदलीय बैठक बसेर भारत सरकारसँग कुटनीतिक पहल गर्दै आएको छ ।

दार्चुलाको लिम्पयाधुरा, कालापानी क्षेत्रमा भारतले नेपालको झण्डै चारसय वर्गकिलोमिटर जमिन अतिक्रमण गरेको छ । अतिक्रमित भूभागमा भारतीय सेना स्थायी क्याम्प नै खडा गरेर वर्षाैदेखि बस्दै आएका छन् । जसको नेपालीहरुले चर्काे विरोध गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);