लकडाउनको मोडालिटी परिवर्तन गर्न सांसदको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लकडाउनको मोडालिटी परिवर्तन गर्न सांसदको सुझाव

samsad

काठमाडौं, २० जेठ । राष्ट्रियसभाका सांसदहरुले कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रियसभाको मंगलवारको बैठकको सून्य समयमा सांसद इन्दु कडरियाले लक डाउनको समय बढाएर देशमा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले आगामी दिनमा लक डाउनको मोडालिटी परीवर्तन गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सांसद कोमल ओलीले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जान नसकेको भन्दै प्रदेश नम्बर ५ मा कोरोना संक्रमणको दर उच्च रहेपनि परीक्षण किटहरुको अभाव रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभाको सुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);