मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन नारायणकाजीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन नारायणकाजीको आग्रह

modi-narayankaji

काठमाडौं, २० जेठ । नेकपाका सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गर्नुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आत्ध्यात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिड्ने शक्ति लिन आग्रह गर्नुभयो । उहाँले अतिक्रमणकारी प्रवृतिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल –भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि मोदीलाई आग्रह गर्नुभयो ।

सत्तारुढ दल नेकपाका प्रवक्ता समेत रहनुभएका श्रेष्ठले इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि नेपाल तयार रहेको समेत बताउनुभयो । उहाँले उत्तरी छिमेकी चीन असल छिमेकी भएपनि सन् २०१५ मा भारतसँग गरेको एक व्यापारिक सम्झौताले नेपालको चित्त दुखेको उल्लेख गर्नुभयो ।

सांसद श्रेष्ठले इपीजी समूहले सहमतिमा नेपाल भारत सम्बन्ध, समस्या र समाधानका विषयमा तयार पारेको प्रतिवेदन भारतले बुझ्न नमानेको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने माग पनि गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);