भारतीय संस्थापनको कुटनीतिक असफलता : खिमलाल भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

भारतीय संस्थापनको कुटनीतिक असफलता : खिमलाल भट्टराई

काठमाडौं, ४ असार । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्ब त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताउनुभएको छ । २१ औं शताब्दीमा पनि भारतले बल्लभ भाइ पटेलको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने बताउनुभयो ।

नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउन नेपाल भारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन । उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडे भाइको दम्ब त्याग्नुपर्छ । यो त्याग्नैपर्छ नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन ।’’

उहाँले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औं शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गर्नुभयो ।

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आएको उहाँले बताउनुभयो । वार्ताका लागि पटक पटक आग्रह गर्दापनि विवादीत क्षेत्रमा आफैं सडक उद्घाटन गर्ने अनि सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उहाँले बताउनुभयो । ‘‘सीमा समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि भारतबाट बेवास्त ग¥यो । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’’, उहाँले भन्नुभयो ।

उहाँले सबै असमान सन्धी सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);