कोरोनाका कारण २० जनाको मृत्यु भएको होइन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोरोनाका कारण २० जनाको मृत्यु भएको होइन : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाकै कारण २० जनाको मृत्यु नभएको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको बिहिबारको बैठकमा प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मात्रै उनीहरुको मृत्यु कोरोनाका कारण भएको मान्नुपरेको दोहोर्‍याउनु भएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘२० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले रोगप्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);