यस्तो छ लक डाउनको नयाँ मोडालिटी... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

यस्तो छ लक डाउनको नयाँ मोडालिटी…

काठमाडौं, २ जेठ । कारोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो ।

त्यसैगरी समितिले अध्ययन वा कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रोकिएका नेपाली नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गरेको छ । बैठकमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताउनु भयो ।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् । विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);