'स्वास्थ्य मन्त्रालयका योजना तर्जुमामा सरकारको उचित ध्यान पुगेन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘स्वास्थ्य मन्त्रालयका योजना तर्जुमामा सरकारको उचित ध्यान पुगेन’

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई नजरअन्दाज गरिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधीसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकको खर्च रकममा १ सय रुपैयाँ कटौतिको प्रस्ताव पेश गर्दै सांसद थापाले मन्त्रालय अन्तर्गतका योजना तर्जुमामा सरकार र सम्बन्धीत मन्त्रालयले उचित ध्यान पुर्याउन नसकेको बताए ।

उनले दीर्घकालिन स्वास्थ्य सेवाका लागि चालिएको नीतिगत प्रयास तथा अध्ययन प्रतिवेदनले निर्दिष्ठ गरेका विषयलाई मन्त्रालयले विर्सिएको दाबी गरे । उनले स्वास्थ्यको धेरै जिम्मेवारी तल्लो तहमा दिए पनि जनशक्तिको व्यवस्थापन चुनौतिपुर्ण रहेको टिप्पणी गरे ।

संविधानमा स्वास्थ्य लगायतका विषय मौलिक हकमा राखिएको उल्लेख गर्दे उनले असोज भित्र सम्पन्न गर्नुपर्ने जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्य ऐन लगायतका विषयमा कामै सुरु नगरिएकोमा असन्तुष्ती जनाए ।

पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफुले अघि सारेका जनता स्वास्थ्य सेवा लगायत दीर्घकालिन महत्व राख्ने कार्यक्रमहरुलाई बीचैमा छाडिएको भन्दै आधारभुत स्वास्थ्य सेवा र बिमालाई सरकाले नबुझेको दाबी गरे ।

आधारभुत स्वास्थ्य सेवा सबैलाई पुर्याउनका लागि विमाको व्यवस्था गर्छु भन्ने योजना सरकारले ल्याएको भन्दै उनले योजना तर्जुमा गर्नेहरुले नै विमा र स्वास्थ्य सेवा भिन्न बिषय भएको भन्ने बुझ्न नसकेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);