स्वास्थ्य खेलवाड गर्ने ठाउँ होइन : अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

स्वास्थ्य खेलवाड गर्ने ठाउँ होइन : अधिकारी

काठमाडौं, ८ असार । नेकपाका सांसद खगराज अधिकारीले पुर्ववर्ती सरकारले विरामीलाई दिने भनि घोषणा गरेको पैसा आफैले खोसेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्र्तगत विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै पुर्व स्वास्थ्यमन्त्री अधिकारीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नै विरामीको पैसा खोस्न लगाएको आरोप लगाए ।

पुर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले बाहिरिदै गर्दा बिना बजेट शीर्षकमा किड्नी, स्पाईनल इन्जुरी, स्ट्रोकका विरामीलाई प्रतिमहिना ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरि नाटक मञ्चन गर्ने काम गरेको उनको टिप्पणी छ ।

उनले पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई व्यङग्य गर्दै भने ‘पूर्व मन्त्री गगन थापाले नै यो काम गर्नुहुन्थ्यो होला । उहाँले खोज्दा खोज्दै नपाएर छोड्नुभयो होला ।’

किड्नीको फ्रि ट्रान्सप्लान्ट र विरामीलाई भत्ता दिने निर्णय गरेको सरकारका प्रधानमन्त्रीले नै विरामीको पैसा खोसेको उनको आरोप छ । उनले भने ‘तिमीलाई पैसा दिएँ भनेर कसैले पैसा पाएको छैन । पैसा पाउँदाको भोली पल्ट खोस्न सम्मानिय प्रधानमन्त्री शेरबहादुर देउवाले नै लगाउनुभयो भनेर त्यही बिरामीले भन्छ ।’

स्वास्थ्यलाई पुर्ववर्ती सरकारले खेलवाडको रुपमा लिएको भन्दै उनले भने “स्वास्थ्य खेलवाड गर्ने ठाउँ होइन ।” आफ्नै नेतृत्वमा स्वास्थ्य नीति बनेको र त्यसकै आधारमा १५ जिल्लामा सुरु गरेको स्वास्थ्य विमा पाईलटिङ कार्यक्रमको श्रेय सांसद थापाले लिन खोजेको भन्दै आपत्ती जनाए ।

छात्रावृतिका डाक्टरलाई गाउँमा पु्र्याउने काम आफ्नै पालामा सुरु भएको भन्दै हरेक गाउँमा चिकित्सक पुर्याउ कार्यक्रमका लागि एम डि एम सि एच लाई नि:शुल्क पढाउनका लागि ४५ करोड विनियोजन गरिएको उनले दाबी गरे ।

स्वास्थ्य मन्त्रालय राजनीतिक गर्ने थलो होइन भन्दै उनले गुणस्तरीय औषधी उपचार र मानव बचाउ गर्ने एक मात्रै संकल्प स्वास्थ्य मन्त्रालयको हुने बताए ।

ताजा समाचार