'न्याय सेवालाई छिटो र छरितो ढंगले सम्पादन गर्ने प्रतिवद्धता' | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘न्याय सेवालाई छिटो र छरितो ढंगले सम्पादन गर्ने प्रतिवद्धता’

काठमाडौंँ, ८ असार । उच्च अदालत पाटनले न्याय सेवालाई अझै छिटो र छरितो ढंगले सम्पादन गर्ने प्रतिवद्धता जनाएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधिश प्रकाशकुमार ढुंगानाले न्याय सेवालाई अझै छिटो र छरितो ढंगले सम्पादन गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले सेवाग्राहीको सन्तुष्टिका लागि उच्च अदालत बार एशोसिएशन तथा सम्वद्ध पक्षहरुसँग सहकार्य गरेर अघि बढ्ने योजना पनि अघि सारे ।

शुक्रबार अदालतमा संचारकर्मीसँग अन्तरक्रिया गर्दै उनले पूराना २ सयभन्दा बढि मुद्दाहरु पनि आगामी असार मसान्त भित्र न्यून बनाउने लक्ष्य लिइएको स्पष्ट पारे । मुख्य न्यायाधिश ढुंगानाले न्याय सेवालाई छिटो, छरितो बनाउन आवश्यक सहयोग गर्न संचारकर्मीहरुलाई पनि आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);