विज्ञापन संघले आगामी ३ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

विज्ञापन संघले आगामी ३ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन

logo-aan-08112017080310-1000x0

काठमाडौं, २७ पुष । नेपाल विज्ञापन संघले आगामी ३ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार संघले पत्रकार सम्मेलन गरी सर्वसम्मत नेतृत्व चयन गरेको जानकारी गराएको हो । संघको बिहिबार हुने साधारणसभाले नयाँ नेतृत्वको अनुमोदन गर्ने बताइएको छ ।

संघको अध्यक्षमा रविन्द्रकुमार रिजाल, वरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सहकोषाध्यक्षमा पंकज प्रधान र ६ जना कार्यसमिति सस्दय सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्ष र सचिव पदका लागि भने प्रतिष्पर्धा हुने भएको छ ।

कोषाध्यक्षमा पिताम्बर पोखरेल र यमुना पौडेलले दाबी गरेका छन् भने सचिवमा कृष्णप्रसाद घिमिरे र शालिकराम घिमिरेले दावी प्रस्तुत गरेका छन् । यी दुई पदमा पनि सर्वसम्मतका लागि प्रयास भइरहेको छ ।