नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गर्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गर्यो

share bazzar

काठमाडौं, २७ पुष । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गरेको छ । बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई १० लाख रुपैयाँको दरमा तथा सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ बराबर कारवाही गरेको हो ।

श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका कार्यकारी प्रमुखलाई जनही ५० हजारका दरमा जरिवाना गरिएको छ । जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको नाममा गोविन्द घिमिरे र उनको समूहले यी कम्पनीहरुको नक्कली सेयर कारोबार गरेका थिए । चिलिमेको नक्कली सेयर कारोबारमा ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख नराखेको भन्दै अग्रवाल सेक्युरेटिजलाई कारवाही गरेको हो ।

जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको सञ्चालक समितिका सदस्यहरूले चिलिमे जलविद्युत् कम्पनीको १३ हजार ५ सय कित्ता नक्कली सेयर एकआपसमा कारोबार गरेको पाइएको थियो । यी सेयरको धितो राखेर समूहका सदस्यले सिद्धार्थ डेभलपमेण्ट बैंकबाट ६४ लाख २० हजार रुपैयाँ र युनाइटेड फाइनान्सबाट समेत ५९ लाख २७ हजार रुपैयाँ कर्जा लिएका थिए ।

चिलिमे जलविद्युतको नक्कली शेयर जीएण्डजीका सञ्चालक सृष्टि काफ्ले, सोना दाहाल, रामहरि आचार्यको नामबाट बिक्री भएको थियो भने गोविन्द घिमिरेको नामबाट खरीद गरिएको थियो । अग्रवाल सेक्युरिटिजको जमानीमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);