सान्जेन जलविद्युतको आइपिओ तत्काल बिक्री खुला नगर्न स्थानीयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सान्जेन जलविद्युतको आइपिओ तत्काल बिक्री खुला नगर्न स्थानीयको आग्रह

काठमाडौं। रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ ।आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सान्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । १३ असारदेखि १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले पनि स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको छ । साञ्जेनको आइपिओ पनि खुला भए स्थानीयलाई थप आर्थिक चाप पर्नेछ । यता, धितोपत्र बोर्डले सान्जेनलाई आइपिओ बिक्री गर्न अनुमति दिइसकेको छ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७.३ मेगावाटको सान्जेन जलविद्युतको सेयर स्थगन गर्न माग गरेको हो । दुवै आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रसुवाका पाँचवटै गाउँपालिका प्रमुख तथा उपप्रमुख, बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ, राजनीतिक दलका जिल्लास्थित प्रमुख÷प्रतिनिधि, नागरिक समाजलगायतले सेयर बिक्री ६ महिनापछि मात्र खुलाउन माग गरेका हुन् । जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ । रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाले स्थानीयको हितका लागि सुलभ कर्जा उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिले माग गरेको छ । राष्ट्रिय प्रसारण लाइनले छोएका आमाछोदिङ्मो र उत्तरगयाका वडा नम्बर १, २ र ३ नेसिङ, ग्रे, हाकु, गोगने, डाडागाउँ, ठूलोगाउँ क्षेत्रका प्रभावितलाई सेयरको व्यवस्था गर्न समेत माग गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);