सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय थप | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);