सान्जेन जलविद्युतको आईपीओमा अहिलेसम्म कति पर्‍यो आवेदन ?  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सान्जेन जलविद्युतको आईपीओमा अहिलेसम्म कति पर्‍यो आवेदन ? 

काठमाडौं। सान्जेन जलविद्युत कम्पनीको आईपीओमा १३ करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार यसमा मंगलबार (भदौ २८ गते) बिहानसम्म ७ हजार ४४३ जना आवेदकले १३ लाख १८ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, अझै २३ लाख  ३१ हजार १५० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ । सान्जेनले ५ भदौदेखि एक सयअंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो। यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।यस्तै, सामान्य प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ४ असोजसम्म आवेदन दिन सकिनेछ । यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ।

यस्तै, सह–निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);