शिव श्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शिव श्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IPO

सिन्धुपाल्चोक, ११ माघ । शिव श्री हाइड्रोपावरले विक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको हाल भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीय बासिन्दाहरुको लागि पुस २७ गतेदेखि १४ लाख ७६ हजार ४ सय कित्ता आईपीओ निष्कासनमा ल्याएको हो ।

इक्रा नेपालले यो आईपीओका लागि आधारभूत पक्षलाई औसतभन्दा तल रहेको बुझाउँने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आवेदन दिँदा न्यूनतम ५० कित्ता र अधिकतममा ७ हजार ३ सय ८० कित्ताको लागि आवेदन सकिनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ । स्थानिय बासिन्दाको लागि आईपीओ जारी पछि यो रू. १ अर्ब २५ करोड पुग्नेछ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले सिन्धु विकास बैंक बह्रबिसे शाखा, सिन्धु विकास बैंकको खाँडीचौर शाखा, नेपाल बङ्गालादेश बैंकको बाह्रबिसे शाखा, सिभिल बैंकको बाह्रबिसे शाखा, एनआईसि एशियाको बाह्रबिसे शाखा, हिमालयन बैंकको बाह्रबिसे शाखा र शिव श्री हाइड्रोपावर भोटेकोशी गा. पा. सिन्धुपाल्चोकबाट आवेदन दिन सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);