घलेम्दी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

घलेम्दी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IPO

काठमाडौं, २३ पुस । घलेम्दी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १९ गतेदेखि सर्वसाधारणका लागि १५ लाख ५५ हजार ७ सय ७० कित्ता आईपीओ निष्कासनमा ल्याएको हो ।

आईपीओमा छिटोमा पुस २३ र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिने समय तोकेको थियो । तर विक्री प्रवन्धक भिबोर क्यापीटलले दिएको जानकारी अनुसार पुस २२ गते सम्ममा ३६ हजार ६ सय ३३ जना आवेदकबाट २८ लाख ७८ हजार ८ सय ६० कित्ताको लागि आवेदन परेको छ । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।

त्यसैले, मागभन्दा बढी कित्ताको लागि आवेदन परेकाले छिटो अवधि पुस २३ मा नै निष्कासन तथा विक्री बन्द हुन लागेको हो । इक्रा नेपालले यो आईपीओका लागि आधारभूत पक्षलाई कमजोर रहेको बुझाउँने ग्रेड ५ प्रदान गरेको छ । आईपीओका लागि आवेदन दिंदा न्यूनतम ५० र अधिकतममा १० हजार कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रवन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);