सामलिंग पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सामलिंग पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

IPO

काठमाडौं । सामलिंग पावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । ४ कात्तिकदेखि निष्कासन खुला भएको आईपीओमा आइतबार कार्यालय समयभित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार नाै सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ५८ हजार ४५० जनाले २ करोड ११ लाख ३२ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३१ दशमलव १२ गुणा बढी आवेदन हो ।  कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);