न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

60e20-ipo-logo_721_420_80_s_c1-1

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले १५ असोजदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  

उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने क्यापिटलले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा १८ लाख ९३ हजार ९५७ आवेदनबाट २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताको लागि आवदेन परेको छ ।

सोमबार साँझसम्ममा १८ लाख ९३ हजार ९५७ आवेदनबाट २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताको लागि आवदेन परेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ । 

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । 

हाल चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । हाल न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);