न्यादी हाइड्रोपावरले २२ करोडको आइपीओ निस्कासन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्यादी हाइड्रोपावरले २२ करोडको आइपीओ निस्कासन गर्ने

IPO

काठमाडौं । न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीले कुल निस्कासन गर्ने सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा सर्वसाधारणले १९ असाेजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा केयर रेटिङ्ग नेपालले ‘कियर एनपी आइआर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);