प्रि-ओपन सेसनमा एक अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

प्रि-ओपन सेसनमा एक अंकले घट्यो नेप्से

share bazzar

काठमाडौं । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ । मंगलबार ६ दशमलव ६७ अंक घटेर दुई हजार ५७० दशमलव ८१ विन्दुमा बन्द भएको नेप्से यस सेसनमा एक दशमलव ०२ अंकले घटेर दुई हजार ५६९ दशमलव ७९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २६ अंकले घटेको छ।

मंगलबार प्रि-ओपन सेसनमा पाँचवटा  कम्पनीको सेयर कारोबार भएको छ। मंगलबार कुनै पनि कम्पनीको सेयरमूल्य बढेको छैन । तर, तीन कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

Leave a Reply

ताजा समाचार