प्रि ओपन सेसनमा साढे १६ अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रि ओपन सेसनमा साढे १६ अंकले बढ्यो नेप्से

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंकले बढेको छ । बिहीबार एक करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबार कुल ६४ कम्पनीको सेयर कारोबार भएको छ ।

बुधबार १०४ दशमलव ८८ अंक बढेर २८१६ दशमलव ९५ विन्दुमा बन्द भएको नेप्से बिहीबार यो सेसनमा १६ दशमलव ५७ अंक बढेर २८३३ दशमलव ५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५ दशमलव ०३ अंक बढेको छ।  बुधबार नेप्से १०४ दशमलव ८८ अंक बढेर २८१६ दशमलव९५ विन्दुमा बन्द भएको थियो । 

बिहीबार प्रि ओपन सेसनमा ४४ कम्पनीको सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा कुनै परिवर्तन आएको छैन । यस सेसनमा २२ हजार ७११ कित्ता सेयर खरिदबिक्री भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);