प्रविधिको अभावमा भन्सार चेकजाँच व्यवस्थित हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रविधिको अभावमा भन्सार चेकजाँच व्यवस्थित हुन सकेन

काठमाडौं, ११ माघ । भन्सार विभागले प्रविधिको अभावमा भन्सार चेकजाँच व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिएको छ । मुलुकमा चोरी निकासीका सामानहरु भित्रिनेक्रम बढेको गुनासो आईरहेका बेला भन्सार बिभागका महानिर्देशक तोयम रायाले प्रविधिको अभावमा भन्सार नाकाहरुमा चेकजाँचको कामलाई व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खुला सीमाका कारण पनि नेपालमा भारतबाट चोरी निकासको सामान आउने गरेको पाइएपनि त्यसलाई नियन्त्रण गर्न आवश्यक पूर्वाधारकै अभाव रहेको बताए ।

महानिर्देशक रायाले भन्सार नाकाहरुबाट हुने चोरी निकासी नियन्त्रणका लागि मालबाहक ट्रकहरु इन्ट्री गर्ने प्रणाली सुरु गरिएको बताए । वीरगंज भन्सारमा लागू गरिएको सो प्रणाली देशका सबै भन्सार नाकाहरुमा पनि लागू गर्ने महानिर्देशक रायाको योजना छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधारको अभावमा भन्सार नाकाहरुले काम गर्न नसकेको बताए । उनले नेपालको भन्सारको पूर्वाधार कमजोर भएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

महासंघले भन्सार नाकाहरुको पूर्वाधार राम्रो नभएका कारण व्यवसायीहरुले सामान आयात÷निर्यात गर्दा हैरानी व्यहोर्नु परेको गुनासो गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);