भारतसंगको व्यापार समस्या समाधान गर्न सरकारले द्धिपक्षीय छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतसंगको व्यापार समस्या समाधान गर्न सरकारले द्धिपक्षीय छलफल गर्ने

byapar chalfal

काठमाडौं, २२ माघ । सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्धिपक्षीय छलफल गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न सरकारले रणनीति तय गरी भारतसँग आवश्यक छलफल गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन भन्सार नाकाहरुमा सबै खालको सुविधा उपलब्ध गराउने प्रयास भईरहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भारतीय बस्तु नेपालमा सहज ढंगले आउने तर नेपाली बस्तु भारतमा जान नसक्ने अवस्थाको अन्त्य नभएसम्म भारतसँगको व्यापार घाटा कम गर्न नसकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्सार नाकाहरुमा सबै खालको सुविधाको व्यवस्था नगरेसम्म नेपालको व्यापार घाटा कम हुन नसक्ने उल्लेख गरे ।

महासंघले गुणस्तर चेकजाँचका लागि आवश्यक प्रविधिको व्यवस्था सबै भन्सार नाकाहरुमा गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);