नेपालको व्यापार घाटा चुलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालको व्यापार घाटा चुलियो

lossss

काठमाडौं, २० पुष । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालको व्यापार नीति भारत उन्मुख भएकाले व्यापारघाटा चुलिएको दाबी गर्नुभएको छ । बुधवार आर्थिक पत्रकार समाज सेजले आयोजना गरेको व्यापार नीतिसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै निर्देशक थापाले नेपालको व्यापार घाटा आर्थिक बर्ष २०७३÷७४ मा ९ सय ७० अर्ब पुगेको बताउनुभयो ।

व्यापर शैलीमा परिवर्तन र तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात गर्न नसक्दा व्यापार घाटा दिन प्रति दिन बढ्दै गएको उहाँको भनाई थियो । साथै, राष्ट्र बैंकले प्री भीजा र प्री टिकेटको काम सम्पन्न गरेको जानकारी दिदै उहाँले विदेशी प्रत्यक्ष लगानीको स्टक १ सय ९१ अर्ब रहेको र चुक्तापुँजी ५४ अर्ब रहेको जानकारी दिनुभयो । उहाँले अन्य मुलुक भन्दा भारतसंगको व्यापार घाटा ६ अर्ब रुपैयाँ रहेको बताउनुभयो ।

कार्यक्रममा बाणिज्य मन्त्रालयमा सचिव चन्द्रकुमार घिमीरेले व्यापार नीतिले ४० प्रतिशत योगदान पु¥याएको बताँउनुभयो । मुलुकमा भएको व्यापार घाटा कम गर्न सरकारी र निजी क्षेत्रको सहकार्यमा नेपाली उत्पादनलाई बृद्धि गर्र्दै प्रोत्साहित गर्न उद्योगीको सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापार क्षेत्रमा भएका चुनौती समाधान गर्न नसक्दा व्यपार घाटा चुलिएको बताउँनुभयो । विप्रेषणले मुलुक धानेकाले उत्पादित समाग्री निर्यात गर्नेतर्फ सरकारले ध्यान नदिएको बताउँनुभयो । पूर्वाधार निर्माण र लगानीको वातवरण भए नीजि क्षेत्र फष्टाउने उहाँको भनाई थियो ।

उद्योग सञ्चालनमा देखिएका चुनौति समाधान गर्दै व्यापार घाटा न्यूनिकरण गरी उद्योग सञ्चालनलाई प्राथमिकतामा राखे मात्र मुलुकको विकास सम्भव भएको अन्य वक्ताहरुको भनाई छ । घरेलु उद्योगलाई पनि ठूला उद्योग सरह प्राथमिकतामा राख्नुपर्नेमा व्यवसायीको जोड छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);