यस वर्ष जुम्लामा १७ करोड रुपैयाँको स्याउ बिक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यस वर्ष जुम्लामा १७ करोड रुपैयाँको स्याउ बिक्री

jumlaapple

जुम्ला १९, पुष । स्याउ बिक्रीबाट यो वर्ष जुम्लामा १७ करोड रुपैयाँ भित्रिएको छ । जुम्ला सडक सञ्जालमा जोडिएसँगै स्याउ उत्पादन तथा निर्यात बढेको हो ।

जुम्लामा उत्पादित स्याउले बजार पाउन थालेपछि यो वर्ष स्याउ उत्पादनमा पनि १५ प्रतिशत वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीहरू स्याउ किन्न कृषकका घर–घरै पुग्ने गरेका छन् । कृषि कार्यालयका अनुसार जुम्लाको प्रांगारिक स्याउ प्रतिकिलो ५० देखि सय रुपैयाँसम्मले बिक्री हुने गरेको छ ।

यो वर्षमात्र जुम्लामा ३७ सय टन स्याउ उत्पादन भएको थियो, जसमध्ये २२ सय टन निकासी भएको छ भने अरु जिल्लामै खपत भएको छ । कृषकले ‘ए’ र ‘बी’ गे्रडको स्याउ सिधै बजार पठाउने गरेका छन् भने ‘सी’ गे्रडको स्याउ चाना, जाम, साइटर, जुस र ब्रान्डी बनाएर आम्दानी गर्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);