दिपायलका सरकारी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दिपायलका सरकारी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

डोटी, १९ पुष । प्रदेश नम्बर ७ को राजधानी दिपायल तोक्न माग गर्दै आन्दोलनमा उत्रिएका डोटीबासीले दिपायलका सरकारी कार्यालयमा बुधबार अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

तालाबन्दीका कारण डोटीका क्षेत्रीय कार्यालयबाट हुने सम्पूर्ण कामकाज ठप्प भएको छ । आन्दोलनकारीले बुधबार बिहानैदेखि सडकमा टायर बालेर यातायातसमेत बन्द गरेका छन् । यातायात बन्दका कारण पहाडबाट तराई जान हिँडेका दर्जनौं सवारीसाधन र यात्रु बुधबार दिनभर बीच बाटोमै अलपत्र परेका थिए ।

आन्दोलकारीले साँझ ५ देखि ७ बजेसम्म दुई घण्डा यातायातका साधन खोलेपछि गन्तव्यतर्फ लागेका थिए । डोटेली महिला र युवायुवतीको ठूलो जमातले बुधबार बिहानैदेखि नाराबाजी गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेको थियो । आन्दोलनकारीले सहरी विकास डिभिजन कार्यालयमा ढुंगामुढा गर्दा झ्यालका सिसा फुटेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

आन्दोलकारीले डोटीमा अनिश्चितकालीन चक्काजाम पनि घोषणा गरेका छन् । प्रदेश ७ को राजधानी दिपायल माग गर्दै आएका डोटीबासी एक सातादेखि संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);