औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउने : यामकुमारी खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउने : यामकुमारी खतिवडा

pardashani

काठमाडौं, २० पुष । उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउने बताउनुभएको छ । बुधबार आर्थिक पत्रकार समाज सेजन्ले आयोजना गरेको उद्योग तथा व्यापार नीतिसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै सचिव खतिवडाले सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भए पनि विद्युतको व्यवस्था नहुँदा मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सञ्चालनमा आउन नसकेको बताउनुभयो ।

एक महिनाभित्र भैरहवा सेजका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणसँग सहमति भएको उहाँले जानकारी दिनुभयो ।
लाभ हुने क्षेत्रलाई केन्द्रित गरी स्थापना हुने उद्योगलाई कानूनअनुसार अधिकतम सहुलियत दिने नीति सरकारको रहेको बताउँदै उद्योग सचिव खतिवडाले आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन तथा नीतिमा रहेका विषय एकअर्कामा बाँझिएको बताउनुभयो । संघीयताले पूर्णरुपमा काम गर्न थालेपछि मुलुकका सातवटै प्रदेशमा एक–एक वटा सेज सञ्चालन हुने र त्यसले रोजगारीका अवसर सिर्जना हुने तथा आर्थिक रुपमा चलायमान हुने उहाँको विश्वास छ ।

सचिव खतिवडाले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढे मात्र आर्थिक समृद्धिको बाटो सही अर्थमा तय गर्न सकिने भएकाले त्यसका लागि सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आयात प्रवद्र्धन गर्ने नीतिका कारण मुलुकका उद्योगमाथि उठ्न नसकेको भन्दै नीतिगत सुधार गर्दा त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.शंकर शर्माले पछिल्लो समयमा आर्थिक क्षेत्रका ऐन तथा नियममा पर्याप्त संशोधन भई सकारात्मक बाटो लिएको भन्दै प्राविधिक तथा व्यवहारिक पक्षलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);