सरकारद्वारा औद्योगिक व्यवसाय ऐन सुधारका लागि कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारद्वारा औद्योगिक व्यवसाय ऐन सुधारका लागि कार्यदल गठन

काठमाडौं, १९ पुष । नेपाल आर्थिक पत्रकार समाजले आज गरेको कार्यक्रममा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले औद्योगिक व्यवसाय ऐन सुधारका लागि कार्यदल गठन गरेर काम भईरहेको जानकारी दिए ।

सचिव खतिवडाले अबको २ महिनामा औद्योगिक जोनहरुमा विद्युतको व्यवस्था हुने आश्वासन पनि दिए । कार्यक्रममा उद्योगीहरुले सरकारको कारण मुलुकको औद्योगिक व्यवसाय फष्टाउन नसकेको आरोप लगाएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारकै कारण मुलुकको उद्योग व्यवसाय धरासायी भएको बताए । उनँले सरकारको दोहोरो मापदण्डका कारण उद्योग व्यवसाय फष्टाउन नसकेको गुनासो गरे । अध्यक्ष शर्माले सरकार औद्योगिक प्रवद्र्धनमा भन्दा पनि व्यवसायीहरुसँग कर असुल्न मात्रै लागि परेको आरोप लगाए ।

सरकारले उद्योग मैत्री कानुन बनाएपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको व्यवसायीहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);