तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न माग

bhawani rana

काठमाडौं, ९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघले तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समयसापेक्ष हुनेगरी औद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले उद्योग व्यवसाय फष्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप पनि लगाएकी छन् । उद्योग दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा बोल्दै अध्यक्ष राणाले भन्सार छुट लगायतका सुविधा नदिएर सरकारले व्यवसायिक वातावरण बनाउन नसकेको गुनासो गरिन् ।

महासंघले चुलिँदो व्यापार घाटा कम हुने गरी औद्योगिक वातावरण निर्माणमा केन्द्रित हुन पनि सरकारलाई आग्रह गरेको छ । अध्यक्ष राणाले उत्पादनमूलक उद्योगका लागि आवश्यक नीति बनाएर सरकारले व्यापार घाटा न्यूनिकरणमा जोड दिन ढिलाई गर्न नहुने बताइन् ।

उनले मुलुकलाई समृद्ध बनाउने नारालाई साकार बनाउन पनि उत्पादनमूलक उद्योग फष्टाउने वातावरण बनाउन सरकार गम्भिर बन्नुपर्नेमा जोड दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);