उत्पादनमूलक उद्योगको प्रबद्र्धन आफ्नो मुख्य प्राथमिकता : मातृका यादव | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

उत्पादनमूलक उद्योगको प्रबद्र्धन आफ्नो मुख्य प्राथमिकता : मातृका यादव

Matrika-Yadav

काठमाडौं, १६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उत्पादनमूलक उद्योगको प्रबद्र्धन आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन । मन्त्री यादवले व्यापारका क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्ने योजना पनि अघि सारे ।

आफूलाई बधाई दिन मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री यादवले औद्योगिक क्षेत्रमा देखिएको समस्या निजी क्षेत्रसँग मिलेर समाधान गर्ने पनि बताए ।  उत्पादनमूलक उद्योग प्रवद्र्धनमा लागि पर्ने प्रतिवद्धता मन्त्री यादवले व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले जानकारी दिए ।

मन्त्री यादव मुलुकको वाणिज्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि सकारात्मक रहेको पनि उनले बताए । मन्त्री यादवसँगको भेटमा महासंघले सरकारले उद्योग संचालनका लागि आवश्यक वातावरण बनाउने विश्वास व्यक्त गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);