उत्पादनमूलक उद्योग प्रवर्धन गर्न उद्योगमन्त्री प्रतिबद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १५ फागुन । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उत्पादनमूलक उद्योग प्रवर्धन गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले व्यापारका क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्ने योजना पनि अघि सारेका छन् । आफूलाई बधाई दिन मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री यादवले औद्योगिक क्षेत्रमा देखिएको समस्या निजी क्षेत्रसँग मिलेर समाधान गर्ने बताए ।

उनले उत्पादनमूलक उद्योग प्रवद्र्धनमा लागि जोडदार रुपमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले बताइन् । मन्त्री यादव मुलुकको वाणिज्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकारात्मक देखिएको उनले बताइन् ।

मन्त्री यादवसँगको भेटमा महासंघले सरकारले उद्योग संचालनका लागि आवश्यक वातावरण बनाउने विश्वास व्यक्त गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);