एमाले परित्याग गरेका शाहीको राजीनामा फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले परित्याग गरेका शाहीको राजीनामा फिर्ता

काठमाडौं, १५ फागुन । प्रदेश सरकार गठनमा पैसाको चलखेल गरी कनिष्टलाई मन्त्री बनाएको भन्दै राजीनामा दिएका कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही राजीनामा फिर्ता लिन तयार भएका छन् ।

प्रदेश सरकार गठनका क्रममा केही कमजोरी भएको स्विकार्दै एमाले प्रदेश संगठन कमिटीले पत्र काटेपछि शाहीले राजीनामा फिर्ता लिने बताएका हुन् । शाहीको राजीनामाको बिषयका बारेमा पार्टी स्थायी कमिटीमा समेत छलफल भएको थियो ।

स्थायी कमिटीले राजीनामा फिर्ता लिन शाहीलाई आग्रह गरेको थियो । प्रदेश कमिटीले पठाएको पत्रमा शाहीलाई भविश्यमा उचित जिम्मेवारी दिने समेत आश्वासन दिइएको छ ।

प्रदेश सरकारमा मन्त्री छनोट गर्दा आर्थिक चलखेलका आधारमा गरेको आरोप लगाउँदै मुगुबाट निर्वाचित शाहीले प्रदेशसभा सदस्यबाट पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);