पूर्वाधारको क्षेत्रमा बार्षिक ६ खर्ब लगानी गर्ने अर्थमन्त्रीको योजना | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

पूर्वाधारको क्षेत्रमा बार्षिक ६ खर्ब लगानी गर्ने अर्थमन्त्रीको योजना

yubraj khatibada

काठमाडौं, १६ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूर्वाधारको क्षेत्रमा बार्षिक ६ खर्ब लगानी गर्ने बताएका छन । अर्थमन्त्री डाक्टर खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघको टोलीबाट बधाइ थाप्ने क्रममा निजी क्षेत्रको सहयोगमा पूर्वाधारको क्षेत्रमा बार्षिक ६ खर्ब लगानी गर्ने बताएका हुन ।

उनले महासंघको टोलीसामु सरकारले दुई खर्बसम्म लगानी गर्ने र बाँकी ४ खर्ब निजी क्षेत्रबाट जुटाउने बताए । अर्थमन्त्री खतिवडाले उत्पादनभन्दा व्यापारलाई प्राथमिकता दिइएका कारण व्यापार घाटा बढेको भन्दै सरकारले अब सेवामूलक उद्योगलाई प्राथमिकता दिएर औद्योगिकीकरण अगाडि बढाउन बताए । उनले बजारमा देखिएको तरलता अभावको विषयमा केन्द्रीय बैंकसँग कुरा गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण लगानी विस्तार गर्न नसकिएको सुनाएपछि अर्थमन्त्री खतिवडाले मन्त्रालयमा बसेर केन्द्रीय बैंक चलाउन नमिल्ने भन्दै यस विषयमा बैंकसँग छलफल गरेर समाधान खोज्ने बताएका हुन ।

ताजा समाचार