दुई वर्षभित्रमा १० लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्रीकाे लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई वर्षभित्रमा १० लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्रीकाे लक्ष्य

yubraj-khatiwoda

काठमाडौं, १५ फागुन । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले दुई वर्षभित्रमा १० लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

आर्थिक विकासका लागि सरकारले लिएको लक्ष्यमा सघाउन निजी क्षेत्रलाई उनले आग्रह गरेका छन् । दुई वर्षभित्रमा १० लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेकाे बताउँदै त्यसमा सहकार्य गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे ।

अर्थमन्त्री भएपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री खतिवडाले लगानी प्रवद्र्धनका लागि कानुनी तथा नीतिगत सुधार गर्ने विषयमा पहल गर्ने प्रतिबद्धता जनाए ।

वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको अभावलगायतका समस्या रहेको भन्दै सम्बन्धित क्षेत्रका सरोकारवालासँगको छलफलपछि समस्या हल गर्न उपाय अवलम्बन गर्दै जाने बताए ।

भेटमा महासंघका प्रतिनिधिले निजी क्षेत्रको लगानी विस्तार र औद्योगिक वातावरण निर्माणका लागि अर्थ मन्त्री खतिवडाको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);