एकद्वार प्रणाली लागू गर्न पर्यटन व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एकद्वार प्रणाली लागू गर्न पर्यटन व्यवसायीको माग

भैरहवा। स्थलमार्ग भई आउने भारतिय पर्यटकहरूले पाइलैपिच्छे समस्या भोग्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए ।

पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा धुत्ने भाँडोको रूपमा लिने गरेको पाइएको सहभागीहरूले गुनासाे गरे । सिद्धार्थ उद्योग वािणज्य संघ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भन्सार विन्दुमै पर्यटकहरूलाई एकद्वार प्रणलीबाट सेवा दिनुपर्ने बताए । भन्सार, अध्यागमन, रुट परमिट, स्वास्थ्य चेकजाँचलगायतका फरक फरक प्रक्रिया गर्न फरक फरक ठाउँमा जानुपर्ने बाध्यता अझै पनि रहेको उनकाे भनाइ छ ।संघका पर्यटन उपसमिति संयोजक सञ्जय वाजिमयले भारतीय गाडी हेर्न साथ प्रहरी प्रशासनले चेकजाँच गरेर हैरान पार्ने गरेको बताए, सीमा प्रवेश गर्न साथ पार्किङको समस्यादेखि लिएर बिचौलियाहरूले भन्सार विन्दुमै पर्यटकहरूलाई खिन्न बनाउने गर्छन् । भन्सार अगाडि रहेको पार्किङ क्षेत्र सीमित अवधि र प्रक्रियाका लागि पार्किङ थलो भए पनि दिनभर गाडीहरू बसेर ट्राफिक जाम गराइरहेको कारण नेपाल आउने पयर्टकहरूलाई सास्ती भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पर्यटनको विषयमा राज्य उदासीन नभई गम्भीर हुन जरुरी रहेको बताए । व्यवसायीहरू अर्बौ लगानी गरेर पीडामा रहेको सर्वविदितै भए पनि पर्यटकले पुलिस हेरेर डराउनुपर्ने अवस्था छ । पर्यटक नै नआए लगानी डुब्ने स्थिति भएकाले निजी क्षेत्र पनि स्तरीय यातायात लगायत पर्यटन व्यवसायमा होमिनुपर्ने बताए ।  हेटल तथा रेस्टुरेन्ट संघ भैरहवाका अध्यक्ष विष्णु न्यौपाने, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, पर्यटन व्यवसायी सागर अधिकारी गोपाल भण्डारी, लीलामाणि शर्मा, हरिश सेठिया, मंगल भण्डारी, मनोरञ्जन शर्मालगायतले बोल्दै गृह मन्त्रालयले जारी गरेको २४ घन्टै सेवा दिनुपर्ने पर्यटन व्यवसायलाई कार्यान्वयनमा ल्याउनुपर्ने, भैरहवाको भित्री भागमा रहेको सवारी जाँच पास र रुट परमिटका लागि राजमार्ग वा सीमा विन्दुमा व्यवस्था मिलाउनुपर्ने, विमानस्थल र भन्सार अगाडिको पार्किङलाई व्यवस्थित गर्नुपर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानहरू गर्न समन्वय गर्नुपर्ने, भारतीय ठूला नोटहरू चलनचल्तीमा ल्याउनुपर्ने, यातायात सेवालाई २४ घन्टै गरी धार्मिक पर्यटकका लागि रुट बनाउनुपर्ने, भारत हुँदै स्थलमार्गबाट आएका तेस्रो मुलुकको पर्यटक अनिवार्य हवाईमार्गबाट जानुपर्ने बाध्यता रहेकाले ती पर्यटक आउन हिच्किचाइरहेकाले सरोकारवाला निकायले सहजीकरण गर्नुपर्नेलगायतका माग पर्यटन व्यवसायीहरूले गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन र व्यवसायीहरूका समस्या समाधान गर्नेतर्फ लाग्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);