किसान सेन्टर एकद्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

किसान सेन्टर एकद्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौ : मन्त्री अर्याल

काठमाडौं, १४ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको बताएकी छिन् ।

शुक्रबार कृषि तथा पशुपंक्षी क्षेत्रको समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

कृषिको सूचना व्यवस्थित गर्ने सन्दर्भमा किसान सेन्टरमार्फत एकद्वार प्रणाली स्थापना गर्ने तयारीमा रहेको मन्त्री अर्यालले जानकारी गराईन् । ‘प्रविधि प्रशारण र प्रविधि हस्तान्तरण महत्वपूर्ण कुरा हो । अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्’, मन्त्री अर्यालले भनिन, ‘प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बढाउदै जानुपर्छ । हामीले किसान सेन्टर एकद्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गर्छौ ।’

कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता बिकृत्तिलाई तोडेर जाने मन्त्री अर्यालले बताईन् । उहाँले भन्नुभयो, ‘तपाईहरुले बारम्बार उठाउदै आउनुभएको छ । कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता समस्या रहेका छन् । यति पैसा लगेपछी यति मलाई भन्ने बिकृत्ति तोडेरै छाड्छौ । यसलाई तोडेरै हामी जान्छौ ।’

आफूले पदभार ग्रहण गर्दैगर्दा उखुँँ किसानहरुको चर्को समस्या रहेको भन्दै समस्या समाधानका निम्ती के गर्न सकिन्छ भनेर उपायहरु खोज्दैजाँदा सम्बन्धित मन्त्रालय नभएपनि किसानहरुको मर्का समाधान गर्न ३ दिनभित्र निकास निकालेको समेत उनले उल्लेख गरिन् । अहिले धेरै उखु किसानहरुले भुक्तानी पाइसकेको भन्दै यो क्रम बढिरहेको दावी गरिन् ।

मलको समस्या समाधान गर्न दिर्घकालिन रुपमा मलको समस्या समाधान हुनेगरी अगाडी बढेको मन्त्री अर्यालले बताईन् । ‘मलको समस्या आजको समस्याको समाधानसँगै दिर्घकालिन रुपमा के समाधान दिन सकिन्छ भनेर हामी अगाडी बढेका छौ’, उनले भनिन् ‘अब रासायनिक मलको अभावमा किसानहरु छटपटाउनुपर्दैन । हामी त्यही समस्या समाधान गर्नका निम्ती लागिरहेका छौ ।’ तर खुला सिमानाका कारण भारतबाट मल आउने र त्यसबाट उत्पन्न हुने विकृत्तिलाई तत्काल रोक्न सक्ने अवस्था नभएपनि व्यवस्थित भने गरिने मन्त्री अर्यालको भनाई थियो ।

मलको समस्या समाधान गर्न सातै प्रदेशमा रासायनिक मलको भण्डार स्थापना गर्नेगरी मन्त्रालय अगाडी बढेको समेत उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);