अम्रिसोको यसवर्ष बजार भाउ उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अम्रिसोको यसवर्ष बजार भाउ उच्च

सुनसरी, १४ फागुन । पूर्वी पहाडी जिल्लाका किसानहरुको मुख्य आयस्रोतको रुपमा रहेको अम्रिसोले यसवर्ष सुनसरीमा बजार भाउ उच्च पाएको छ । कृषकहरुले कम लगानी र मेहेनतमा बारीको डिल, डाँडा पाखामा खेती गर्न सकिने अम्रिसोबाट सरसफाइमा प्रयोग हुने कुचो बनाइन्छ ।

एक सिजनमा करिब ३ महिना मात्र कारोबार हुने अम्रिसोले तीन वर्षयता कै उच्च भाउ पाएको सुनसरीका व्यवसायीहरु बताउँछन् । धरान कृषि उपज बजारमा गत आर्थिक वर्षमा ३ हजार ६ सय बढी मेट्रिक टन अर्थात १५ करोड बढीको अम्रिसोको कारोबार भएको थियो ।

तर, यसवर्ष मंसिरदेखि नै सुरु भएको कारोबार सिजन नसकिंदै हालसम्म ३ हजार ५ सय मेट्रिकटन अर्थात ४१ करोड बराबारको कारोबार भइसकेको धरानस्थित कृषि उपज बजारले जनाएको छ । गत वर्ष अम्रिसोको थोक मुल्य प्रतिकेजी ७०–८० रुपैयाँसम्म कारोबार भएको थियो भने यसवर्ष प्रतिकेजी १ सय १० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

यसवर्ष ४ हजार ५ सय मेट्रिक टन अर्थात ५६ करोड बराबरको कारोबार हुने कृषि बजारको अनुमान रहेको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । पूर्वी पहाडी जिल्ला इलाम, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ, उदयपुर, पाँचथरलगायतबाट धरान कृषि उपज बजारमा अम्रिसो भित्रिने गरेको छ भने नेपालका विभिन्न जिल्लाहरु र छिमेकी मुलक भारतसम्म पनि निर्यात हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);