सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति ?

gold and silver

काठमाडौं, १८ पुस । अमेरिका र इरानबीच बढ्दो तनावका कारण सुनको भाउ पनि बढेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलाको ७४ हजार ५ सय रुपैयामा कारोवार भएको छ ।

नेपाली बजारमा सुनको यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि भदौ १८ गते सुनको भाउ ७३ हजार ५ सय पुगेको थियो । त्यसपछि स्थिर रहेको सुनको भाउ गत मंगलबार ७३ हजार ५ सयनै पुगेको थियो । त्यसैगरी बिहीबार फेरि छापावाल सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन बिहीबार तोलाको ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको पनि १० रुपैयाँ प्रतितोला बढेर ९ सय रुपैयाँ पुगेको छ । सुनको भाउ बढ्नुको प्रमुख कारण अमेरिका र इरानबीचको बढ्दो तनाव भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

इरान–अमेरिकाबीचको टकरावले अन्तराष्ट्रिय बजारमै पनि सुनको भाउ बढेको छ।त्यस्तै अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण पनि सुनको भाउ बढेको महासंघले जनाएको छ ।

नेपालले डलरको कारोबार भारतीय रुपैयाँमा गर्ने भएकाले त्यसको प्रत्यक्ष असर सुनचाँदी कारोबारमा परेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);