अर्थमन्त्रालयका उपसचिव ढुंगानाविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अर्थमन्त्रालयका उपसचिव ढुंगानाविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

akhtiyar durupayog

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

सार्वजनिक सेवाको पदमा रहँदा उनको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ ८ पैैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारले जनाएको छ । उनको खर्च र लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नआएकाले गैरकानूनी देखिएको अख्तियारको भनाइ छ।

ढुंगानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुंगानाको नाममा सम्पत्ति आर्जन गरेको देखिएकाले श्रीमतीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);