कच्चा पदार्थको अभावमा मूर्ति बनाउने पेशा संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कच्चा पदार्थको अभावमा मूर्ति बनाउने पेशा संकटमा

murti kala sankatma

काठमाडौं, १८ पुस । कलाकारहरुले कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा पर्दै गएको बताएका छन । ढुंगाको मूर्ति बनाउनका लागि आवश्यक पर्ने ब्ल्याक लाईमस्टोन नामको ढुंगाको सहज आपूर्ति हुन नसक्दा ढुंगाको मूर्ति बनाउनेहरु समस्यामा परेका कलाकारको भनाई छ ।

चुनाको मात्रा बढी भएको ब्ल्याक लाईमस्टोन सहज उपलब्ध हुन नसक्दा ढुंगाको मूर्ति बनाउने व्यवसायमा नयाँ पुस्ता प्रवेश गर्न नसकेका र पहिले देखिनै पेशामा लागेकाहरुले पनि व्यवसायबाट हात झिक्नुपर्ने अवस्था आएको कलाकारले बताएका छन् । चन्द्रागिरी पहाडको फर्पिङ, टिस्टुङ क्षेत्रमा पाईने ब्ल्याक लाईमस्टोन को किनबेच नै नभएपछि ढुंगाको मूर्ति बनाउनेहरु समस्यामा परेका हुन् ।

ढुंगाको मूर्ति व्यवसायमा आवद्ध कलाकारहरु २०४६ साल पछि ढुंगाको मूर्तिमा चासो र माग बढ्दा व्यवसाय फस्टाएको भएपनि मुलुक संघीयता गएपछि कच्चा पदार्थकै अभाव झेल्नु परेको कलाकारको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);