१२ खर्बका १४ आयोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१२ खर्बका १४ आयोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न

lagani board mulyankan

काठमाडौं, १८ पुस । लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार गरेको छ ।

बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरी ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको १४ वटा परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन गरी लगानीकर्ताको सूची तयार पारेको जानकारी गराएको हो । त्यसमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट भइसकेको वोर्डले जनाएको छ ।

बोर्डले १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागतमा भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लाण्टका लागि कोरियाको मेट्रोक्स कम्पनीसँग सम्झौता गरेको उल्लेख गरेको छ । त्यसैगरी प्रदेश एकको दमकमा चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि ६४ अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने समझदारी भएको वोर्डले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पछिल्लो समय वैदेशिक लगानीको वातावरण बन्दै गएको बताउनुभयो । उहाँले स्वदेशी लगानीकर्ताले पाउने सुविधा विदेशी लगानीकर्ताले पनि पाउने भएकोले लगानी सम्मेलनमा आएका प्रतिवद्धताहरु कार्यान्वयनमा जान लागेको समेत उल्लेख गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानी सम्मेलनमा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीहरु कार्यान्वयन भइरहेको समेत जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);