उदयपुरमा सामुदायिक होमस्टे सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

उदयपुरमा सामुदायिक होमस्टे सञ्चालनमा

homestay udaypur

उदयपुर, १९ पुस । पछिल्लो समय नेपालमा होमस्टेको विकास तीब्र रुपमा भइरहेको छ । पारिवारिक वातावरणमा मौलिक रहनसहनसंगै अर्गानिक खानेकुरा उपलब्ध गराएपश्चात राम्रो आम्दानी हुने भएपछि होमस्टेको आकर्षण बढ्न थालेको हो ।

देशभर होमस्टेट विकास हुने क्रममा पूर्वी नेपालका पनि यसले तीब्रता पाएको छ । धनकुटाको नाम्जे, मोरङको जेफाले, धरानको विष्णुपादुका, उदयपुरको बेलका नगरपालिकालगायतका स्थानहरुमा होमस्टेहरु संचालनमा आएका छन् ।

उदयपुरको बेलका नगरपालिका–३ मा थारु, नेवार समुदाय मिलेर १३ घरले तपेश्वरी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् । २६ जना पाहुना अट्ने क्षमताको सामुदायिक होमस्टेमा थारु, नेवार लगायत अन्य विभिन्न जातिको संस्कृति झल्किने गरी सञ्चालनमा ल्याइएको हो ।

होमस्टेमा बस्न आएका पाहुनाहरुले जातिय संस्कृतिसंगै मौलिक खानाका परिकारको स्वाद लिन पाउने साथै कोसी टप्पु बन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने भएकोले आरक्षणको प्रचारप्रसारमा समेत सहयोग पुग्ने तपेश्वरी मध्यवर्ती सामुदायिक होमस्टेका व्यवस्थापन समितिका अध्यक्ष नन्दीलाल चौधरीले बताउनुभयो ।
dance
आइडिएस नेपालको सहयोगमा विभिन्न स्थानमा सञ्चालित होमस्टेको अवलोकन गरेपछि ०७४ सालमा फागुन १४ गतेबाट होमस्टे शुरु गरिएको हो । कोशी टप्पुमा आन्तरिक तथा वाह्य पर्यटक आउने तर, मध्यवर्ती क्षेत्रमा पर्यटक नआउने कारण यस क्षेत्रको प्रवर्धनको लागि होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक चन्द्रबहादुर खड्काले बताउनुभयो ।

नगरपालिकाले नगरको विकासको लागि कृषि र पर्यटनलाई मुख्य रुपमा अघि सारेको छ । होमस्टेको माध्यमबाट बेलका नगरपालिकाकोे विकास गर्ने उद्देश्यले मध्यवर्ती क्षेत्रबाट होमस्टे शुरुवात गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

ग्रामिण क्षेत्रको पर्यटन विकासमा होमस्टेले महत्वपूर्ण भुमिका खेल्दै आएको छ भने ग्रामिण भेगका नागरिकहरुका लागि गतिलो आय स्रोत पनि बनेको छ ।

homestay udaypur1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);