महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’ | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’

जुम्ला । जुम्लाको  पातारसी गाउँपालिका र गुठीचौर गाउँपालिकाको  पटमारा गाउँमा  सामुदायिक होमस्टे सञ्चालनमा छ । पटमारा गाउँका न्यून आय भएका ६ जना महिलाले सामुहिक  होमस्टे सञ्चालन गरेका हुन ।

धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेरअघि बढ्ने  लक्ष्यसहित सामुदायिक होसस्टे सञ्चालन गर्न खोजिएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले बताए  । 

‘महिलाको दैनिकीसँग जोडिएको विषय  भएकाले सामुदायिक  होसस्टेले उनीहरूको आर्थिक स्तर सुधार हुनेछ ।पातारासी  गाउँपालिकाको पटमारा गाउँ प्राकृतिक हिसाबले सुन्दर भएकाले सामुदायिक होमस्टे सञ्चालनमा आएको  हो  । स्थानीय ६ जना महिलाले  सञ्चालन गरेको उक्त सामुदायिक होमस्टे पर्यटकको आकर्षण बढाउने  पहिलो  लक्ष्य हो ।  

सामुदायिक होमस्टेका अध्यक्ष  राजकली रावतले   सुरुवाती चरण भएकाले  होमस्टे गुणस्तर बनाउने काम गर्दै आएको बताइन् । स्वच्छ वातावरणसँगै होमस्टेको न्यानो स्वागत सत्कार, स्थानीय उत्पादनको स्वाद लिन पाउने  व्यवस्था गर्न आवश्यक रहेको पातारासी गाउँपालिकाको लासीमा संञ्चालन भएको एकदिने गोष्ठी प्रशिक्षक शंकर प्रसाद कोइरालाले बताए । 

‘होमस्टे समुदायकै भएकाले आएका पाहुनालाई विशेष जुम्लाकै समुदायकै परम्परागत खाना तथा परिकार खुवाउनुपर्छ’, प्रशिक्षक कोइरालाले भने, ‘होमस्टे  सेवामुखी र गुणस्तर भएको खण्डमा महिलाको दैनिकीसँगै गाउँकै स्वरूप फेरिनेछ । जुम्ला जल, जमिन, जडीबुटी र पर्यटनको राम्रो सम्भावना छ। स्रोत, साधनको पर्याप्तता पनि छ । त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य रहेको सरोकारवाला बताउँछन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);