कीर्तिपुरमा पहिलो होमस्टे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कीर्तिपुरमा पहिलो होमस्टे

homestay

काठमाडौँ, १७ भदौ ।  कीर्तिपुरको मध्यकालीन बस्तीको टुप्पोमा छ, चिलञ्च्व विहार । चिलञ्च्वको पूर्वी फेदमा जोशी ननी टोल पर्छ । यो टोलबासी यतिबेला होमस्टे सञ्चालनमा जुटेका छन् ।

समुदाय स्तरमा जोशी ननी कम्युनिटी होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष शरद् मङ्गल जोशीले जानकारी दिनुभयो । सम्पूर्ण तयारी लगभग सकेकाले केही दिनमा नै पूर्ण क्षमतासहित सेवा दिन सुरु गरिने उहाँले बताउनुभयो । समुदायले सञ्चालनमा ल्याएको यो कीर्तिपुरकै पहिलो होमस्टे हो ।

कीर्तिपुर वडा नं. १० स्थित जोशी ननी र सिन्ध्वा टोलबासी मिलेर यो सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको हो । अहिलेसम्म १३८ जना टोलबासीले होमस्टेमा साझेदारी गरेका छन् । अहिले एउटा पुरानो घरको १५ कोठाको आवास सुविधासहित सुरु गरिएको होमस्टे विस्तारै टोलका अन्य घरमा पनि विस्तार गरिने अध्यक्ष जोशीले बताउनुभयो । ‘‘अन्य घरमा पनि सरसफाइ गरी पाहुना बस्ने खालका कोठाहरू तयार गर्दै विस्तार गर्नेछौँ,’’ उहाँले भन्नुभयो ।

सरकारले घोषणा गरेको भिजिट नेपाल–२०२० लाई सहयोग पु¥याउने र समुदायको समृद्धिका लागि होमस्टे सञ्चालन गरिएको उहाँले बताउनुभयो । भिजिट नेपाल २०२० मा कीर्तिपुरमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य कीर्तिपुर नगरपालिकाले राखेको छ । नगरको त्यही लक्ष्यलाई समेत यो होमस्टेले सहयोग पुग्ने विश्वास जोशी ननीबासीको छ । याे समाचार गाेरखापत्रमा देैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);