इलामका ग्रामीण होमस्टेप्रति स्वदेशी तथा विदेशी पाहुनाको आकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इलामका ग्रामीण होमस्टेप्रति स्वदेशी तथा विदेशी पाहुनाको आकर्षण

इलाम, २६ मंसिर । पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टेप्रति आकर्षण बढेको छ । पर्यटकहरुका लागि गाउँकै हावापानी, बाटोघाटो, खानपानको अनुभव दिलाउने होमस्टेमा विदेशी मात्र होइन, नेपालीहरूको पनि आकर्षण बढेको छ ।

गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न पाउने भएकोले होमस्टेप्रति आकर्षण बढेको हो ।

फराकिलो सडकमा हुइकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा बसेर रमाउँदा बेग्लै अनुभूति लिन सकिन्छ ।

पछिल्लो समय फुर्सदको समय वा चाडबाडका बेला घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे रोजाइमा पर्ने गरेको छ । गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ ।

पछिल्लो समय इलामका होमस्टेमा तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । इलामको माइपोखरी, फिक्कल लगायतका होमस्टेमा पालैपालो २० भन्दा बढि देशका पर्यटकहरु महिनौसम्म बस्ने गरेका छन् ।

तीनबर्ष अगाडीसम्म खासै आर्कषणमा पर्न नसकेका होमस्टेहरु अहिले विस्तारै पर्यटकहरुको रोजाईमा पर्न थालेका छन् । स्वच्छ वातावरण र रहन सहनले आकर्षित बनाएको पर्यटकहरुको भनाई छ ।

धेरै विदेशी हिमालको पदयात्रामा जाने भएपनि केहीले इलामलाई गन्तव्य बनाउन थालेका छन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने पर्यटकको छनोटमा होमस्टे परेको छ ।

महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन् । उनीहरु धेरै होमस्टेमा गाईको थलो भकारो सफा गर्ने, घाँस काट्ने, घरको काम सघाउने, खाना पकाउने, दुध डेरीमा पु¥याउने समेत गर्दछन् ।

धेरै जसो पर्यटकहरु हप्ता दिन देखि एक महिना दिनसम्मको समय मिलाएर बस्ने गरेका छन् । होमस्टेबाट यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाएर पर्यटकहरु पनि खुशी छन् ।

होमस्टेमा बस्ने विदेशीले अनलाइन मार्फत सिधै समय मिलाउने गरेका छन् । पर्यटकका लागि सुविधा मात्र नभएर यहाँको पहिचान झल्कने गाउँघर, रहनसहन, र हरियालीले पनि आकर्षित बनाएको देख्न सकिन्छ । फ्रान्स, जर्मनी, जापान, इटाली, नेदरल्याण्ड र कोरीयाका नागरिकले समेत इलामका लोभलाग्दा होमस्टेको स्वाद लिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);